Kathmandu Press

प्रहरीले बनायो शाहीद र कियाराको ट्रोल

काठमाडौं, माघ २४ : शाहीद कपूर र कियारा अडवाणी अभिनित फिल्म ‘कबीर सिंह’को कयौं ट्रोल बनेका छन्। शुक्रबार भने भारतीय प्रहरीले पनि यसको ट्रोल....

प्रहरीले बनायो शाहीद र कियाराको ट्रोल

काठमाडौं, माघ २४ : शाहीद कपूर र कियारा अडवाणी अभिनित फिल्म ‘कबीर सिंह’को कयौं ट्रोल बनेका छन्। शुक्रबार भने भारतीय प्रहरीले पनि यसको ट्रोल बनाएको छ।

फिल्म ‘कबीर सिंह’ले धेरैले मन पराए। यसमा शाहीद र कियाराको अभियनको पनि प्रशंसा भयो। तर, समीक्षकले फिल्मको आलोचना गरे।

तथापि दर्शकले यसको ट्रोल बनाउने गरेका थिए। यस पटक भने प्रहरीले नै यसको ट्रोल बनाएर ट्वीट गरेको छ।

प्रहरीले यसको ट्रोल बनाएर आधिकारिक ह्यान्डलबाटै ट्वीट गरेको छ। यसमा सुरक्षाका लागि हेल्मेट लगाउन आग्रह गरिएको छ। भारतीय प्रहरीको ट्वीटमा भनिएको छ, ‘आफू बाँचे पो प्रितीलाई बचाउँन सकिन्छ।’

फिल्ममा शाहीदले हेल्मेट लगाएका थिएनन्। यस ट्रोलमा भने प्रहरीले हेल्मेट लगाएर बाइक चलाएको देखाएको छ।

 

 

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्