Kathmandu Press

सङ्खुवासभामा गोठ बगाउँदा दुईजना बेपत्ता

अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। 
सङ्खुवासभामा गोठ बगाउँदा दुईजना बेपत्ता

सङ्खुवासभा, असार ३ : सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन्।

अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। 

बेपत्ताको पहिचान खुल्न नसकेको उनको भनाइ थियो। घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ। बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ। 

यसैगरी आइतबार राति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा  पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्