Kathmandu Press

राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

मुटुमा समस्या देखिएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शनिबार बिहान ५ बजे भर्ना भएका हुन्।
राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौं, असार २ : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

मुटुमा समस्या देखिएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शनिबार बिहान ५ बजे भर्ना भएका हुन्।

सेन्टरले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको उल्लेख गरेका छन्।

मुटुमा समस्या देखिएपछि गत मंगलबार मात्र राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। बुधबार उनी डिस्चार्ज भए पनि तीन दिनमै मुटुमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन्।

केही समयअघि राष्ट्रपति पौडेल भारतको नयाँ दिल्लीमा उपचार गराएका फर्किएका थिए।

प्रकाशित मिति: १२:०३ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्