Kathmandu Press

कालिमाटीमा व्यापारीले सडकमा फाले गोलभेँडा

रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रका किसान र व्यापारीले सडकमा गोलभेँडा फ्याँकेको बताइएको छ।
कालिमाटीमा व्यापारीले सडकमा फाले गोलभेँडा

काठमाडौं, असार ३ : कालिमाटी तरकारी बजारका व्यापारीले बजार मुल्य नपाएको भन्दै गोलभेँडा सडकमा फ्याँकेका छन्। खपत हुन छाडेको भन्दै किसान र व्यापारीले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन्।

३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको कालिमाटी थोक तथा खुद्रा बजार समितिले जनाएको छ। रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रका किसान र व्यापारीले सडकमा गोलभेँडा फ्याँकेको बताइएको छ।

तर, किसानहरुले यति धेरै गोलभेंडा लिएर बजारसम्म नआउने भएकाले गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ । कालिमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।

कालिमाटी बजार विकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर, खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ।

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्