Kathmandu Press

‘समानतासहितको स्वतन्त्रता आजको आवश्यकता हो’

अध्यक्ष नेपालले जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिपछि पनि समाजमा अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायतका विभेदको कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताए।
‘समानतासहितको स्वतन्त्रता आजको आवश्यकता हो’
फाइल तस्बिर।

काठमाडौं, असार २ : नेकपा कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताएका छन्।

रौतहट–काठमाडौँ सम्पर्क मञ्चले आयोनजा गरेको कार्यक्रममा अध्यक्ष नेपालले जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिपछि पनि समाजमा अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायतका विभेदको कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताए।

नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको बताउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति विद्रोह गरी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि आफूहरू समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा जुटेको बताए।

अध्यक्ष नेपालले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका निम्ति पनि बोल्नुपर्छ भन्ने उद्देश्यले मार्क्सवादको उदय भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए।

सामाजिक एकता र आदर्श समाज निर्माणका लागि कम्युनिष्ट सिद्धान्तले पथप्रदर्शन गरेको बताउँदै उहाँले मानव कल्याणका लागि सामाजिक न्याय, समानताका साथै भातृत्वको खाँचो औंल्याए।

प्रकाशित मिति: २०:५७ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्