Kathmandu Press

‘एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको छ’

उनले गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको र यसमा एमालेको कुनै रुचि नभएको जिकिर गरे।
‘एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको छ’

काठमाडाैं, असार २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन्।

शनिबार ललितपुरको च्यासलस्थीत एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले समाजवादी मोर्चाको कुनै औचित्य नभएको भन्दै एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन मोर्चाको चर्चा भइरहेको बताएका हुन्।

उनले गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको र यसमा एमालेको कुनै रुचि नभएको जिकिर गरे। ओलीले अहिले केहि दलले जनतालाई भड्काउने र राजनीतिक वितृष्णतर्फ अघि बढाउने काम गरिरहेको भन्दै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्लेख गरे।

अहिले देशको रक्षा गर्नुपर्ने भएकाले मुलुकको स्वाभिमान छाडेर विदेशीका सामु लम्पसार पर्ने नभई समानताका आधारमा कुरा गर्न सक्नुपर्ने उनले बताए। ओलीले एमालेको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा सहित धेरै राम्रा काम गरेपनि राम्रा कामको प्रचार हुन नदिने र भ्रम छर्ने काम मात्रै भएको गुनासो गरे।

ओलीले आफ्नो अभिव्यक्ति तथ्यका आधारमा राख्ने गरेको भन्दै बिना प्रमाण आधार कसैलाई पनि झुटो आरोप लगाउने काम नगरेको दाबी गरे। 

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्