Kathmandu Press

चिकित्सकद्वारा राष्ट्रपतिको मुटुको चालको ‘मोनिटरिङ’  

राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले राष्ट्रपतिको पछिल्लो अवस्थाबारे दिएको जानकारी अनुसार चकित्सकले अहिले राष्ट्रपति पौडेलको मुटुको चालको मनिटरिङ गरिरहेका छन्।
चिकित्सकद्वारा राष्ट्रपतिको मुटुको चालको ‘मोनिटरिङ’  

काठमाडौं, जेठ २ : मुटुमा समस्या देखिएपछि शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालको ‘मोनिटरिङ’ भइरहेको छ। 

राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले राष्ट्रपतिको पछिल्लो अवस्थाबारे दिएको जानकारी अनुसार चकित्सकले अहिले राष्ट्रपति पौडेलको मुटुको चालको मनिटरिङ गरिरहेका छन्। ‘उहाँलाई केही असजिलो भएपछि अस्पताल लगिएको थियो। अहिले चिकित्सकले मुटुको चालको मोनिटरिङ गरिरहेका छन्,’ पोखरेलले काठमाडौं प्रेसलाई पछिल्लो जानकारी दिँदै भने, ‘उहाँको अवस्था स्थिर छ। आज अस्पतालमै रहनुहुन्छ ।’ 

केही दिनअघि मात्र मुटुको जाँच गराएर अस्पतालबाट डिस्चार्ज भएका पौडेललाई पुनः समस्या देखिएपछि बिहान ३ बजे अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था स्थिर रहेका पौडेलको अहिले समयसमयमा मुटुको चालको मनिटरिङ भइरहेको छ। मुटुको चाल हेरेपछि चिकित्सकले सोही अनुसार चिकित्सकले निदान गर्ने भएका छन्।

राष्ट्रपति पौडेल हृदयाघातको उपचार गराएर गत बुधबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) बाट डिस्चार्ज भएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो । गंगालालमा एन्जिओप्लास्टी गरेर मुटुको नसा खुलाइएको थियो।  

प्रकाशित मिति: १५:५८ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्