Kathmandu Press

सिन्धुपाल्चाेक जिल्ला अस्पतालमै डाइलासिस सेवा सुरु गर्नेछु : स्वास्थ्यमन्त्री बस्नेत

शनिबार सिन्धुपाल्चोककमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्न जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताए।
सिन्धुपाल्चाेक जिल्ला अस्पतालमै डाइलासिस सेवा सुरु गर्नेछु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडाैं, असार २ : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताएका छन्।

शनिबार सिन्धुपाल्चोककमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्न जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताए।

उनले सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्था अन्त्य गर्न सवै जिल्ला अस्पताललाई सुविधासम्पन्न गराईने जानकारी दिए। चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफुले पहल गर्ने उनले बताए।

मन्त्री बस्नेतललाई स्थानीय प्रतिनिधिहरूले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए।  

प्रकाशित मिति: १५:१९ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्