Kathmandu Press

‘नेपाली हाम्रो जात’ सार्वजनिक

सन्देशमूलक गीतसङ्गीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गर्नुभएका स्रष्टा सुजनले साङ्गीतिक चलचित्र ‘नेपाली हाम्रो जात’ सार्वजनिक गरेका छन्। उनले आफ्ना अघिल्ला गीतझैँ मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरिएको जानकारी दिए। 
‘नेपाली हाम्रो जात’ सार्वजनिक

काठमाडाैं, असार २ : गीतसङ्गीतलाई मनोरञ्जनको रुपमा लिने गरिन्छ। लोकप्रिय हुनकै लागि समेत सङ्गीत सिर्जना गर्नेको भीडमा डिआर सुजनले आफ्ना सिर्जनामार्फत सामाजिक कथालाई व्यक्त गर्ने गरेका छन्। ती मनोरञ्जनमै सिमित छैनन्।

सन्देशमूलक गीतसङ्गीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गर्नुभएका स्रष्टा सुजनले साङ्गीतिक चलचित्र ‘नेपाली हाम्रो जात’ सार्वजनिक गरेका छन्। उनले आफ्ना अघिल्ला गीतझैँ मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरिएको जानकारी दिए। 

'हामी सर्जक भएका हाम्रो दायित्व भनेकै गीतसङ्गीतमार्फत चेतना वृद्धि गर्नु हो। त्यहीँ कारणले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन्', निर्देशक सुजनले भने, 'मैले जातीयभन्दा पनि वर्गीय विभेदको बारेमा कथा बुनेको छु। हामी कलाकारको दायित्व नै गीतसङ्गीतमार्फत सन्देश दिनु हो।' उनले गीतसङ्गीत तयार गर्दा नै कथा बुनिएकाले साङ्गीतिक चलचित्र बन्न पुगेको बताए। 

सत्र मिनेट लम्बाइ रहेको श्रव्यदृश्यमा सामाजिक विभेदलाई चित्रण गरिएको छ। 'सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको पाएको छु, त्यसैले भिडियोमा समेटेको हुँ। किनकि हामी जुनसुकै जात भए पनि नेपाली हौँ', उनले भने। 

गीतमा शब्द, सङ्गीत, परिकल्पना, कथा र निर्देशन सुजनले नै गरेका छन्। गीतमा उनलाई हेमन्त कान्छा रसाइली, राजु परियार र धर्म गन्धर्वले गायनमा साथ दिएका छन्। श्रव्यदृश्यमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, ताराबहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, ईश्वरी बराललगायतका कलाकारले अभिनय गरेका छन्। 

साङ्गीतिक चलचित्रमा मुकेश नेपालीले नृत्य निर्देशन, किरण चैसिरले छायांकन, मिलन विश्वकर्माले सम्पादन र रङ्ग संयोजन, रोनिशा अधिकारीले शृङ्गार गरेका छन्।

प्रकाशित मिति: १३:०२ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्