दुर्घटनामा चापाकोटका पूर्वमेयरको निधन
शुक्रबार राति बा१५च १७०९ नम्बरको स्कारपियो दुर्घटना हुँदा गिरीको मृत्यु भएको हो।
स्याङ्जा, असार २ : गाडी दुर्घटनामा स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ। शुक्रबार राति बा१५च १७०९ नम्बरको स्कारपियो दुर्घटना हुँदा गिरीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका गिरीलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो। अस्पतालले उनलाई राति ११ः४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनी चापाकोट–४ दार्सिङका स्थानीय हुन्।
राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गाडी शुक्रबार राति ११ बजे पुतलीबजार १० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो।
प्रकाशित मिति: ०८:४८ बजे, शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











