ललितपुरमा बस दुर्घटना
लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस बाहुनधारामा दुर्घटना भएको हो।
काठमाडौं, असार २ : ललितपुरको बाहुनधारामा शनिबार बिहान यात्रुबहाक बस दुर्घटना भएको छ।
लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस बाहुनधारामा दुर्घटना भएको हो।
अनियन्त्रित भई बस सडकमै पल्टिएको स्थानीयले बताएका छन्। बस पल्टिँखा चालकसहित केही व्यक्ति घाइते भएका छन्।
बसमा २४ जना सवार रहेको प्रहरीले जाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:३३ बजे, शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











