Kathmandu Press

निर्देशक बने जेम्स प्रधान

‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्ने अवस्था छैन। यसलाई त्यसकै सुरुआतको रुपमा समेत बुझ्न सकिन्छ’, उनले भने।
निर्देशक बने जेम्स प्रधान

काठमाडौं, असार २ : गायक, संगीतकार, एरेञ्जरका रुपमा परिचि जेम्स प्रधान निर्देशक बनेका छन्। प्रधान सर्ट फिल्ममार्फत निर्देशनमा होमिएका हुन्।

उनले निर्देशन गरेको ‘सर्ट टर्म मेमोरी लस’को एक समरोहमा विशेष प्रदर्शनी गरियो। एउटै कथालाई गीत र छोटो चलचित्रमा प्रस्तुत गरेका गायक प्रधानले आफू इन्टरनेटको माध्यमले चलचित्रको विधालाई नजिकबाट नियाली रहेको बताएका छन्।

Hardik ivf

‘म धेरै चलचित्र हेर्छु, त्यही कारणले निर्देशक बन्न पुगेँ । धेरै चलचित्र कागजमा मैले लेखिसकेको छु। त्यही प्रभावले पनि यसपटक निर्देशकसँगै लेखनमा पनि आफैँ छु,’ उनले भने ।  

प्रधानले यो तयारी ठूलो पर्दाको लागि रहेको पनि संकेत गरे । ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्ने अवस्था छैन। यसलाई त्यसकै सुरुआतको रुपमा समेत बुझ्न सकिन्छ’, उनले भने।

गायिका आनी छोइङ डोल्माले चलचित्र निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले उनलाई अहिले पनि निर्देशक बन्न प्रेरित गर्ने बताए।

प्रधानको सर्ट फिल्ममा समिशन जिसी र बेदना राईले अभिनय गरेका छन् । यसमा श्याम तामाङको छायांकन, कपिल पराजुलीको रंग संयोजन र जेसिका प्रधानले सम्पादन गरेका छन्।

 

प्रकाशित मिति: ०७:४९ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्