Kathmandu Press

व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्यसचिव अर्याल

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग शुक्रबार भएको भेटमा मुख्यसचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए।
व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्यसचिव अर्याल

काठमाडौं, असार १ : नेपाल सरकारका नवनियुक्त मुख्यसचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग शुक्रबार भएको भेटमा मुख्यसचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए।

मुख्यसचिव अर्यालसँग महासंघका पदाधिकारीको भेटबारे प्रेस विज्ञप्ति जारी गर्दै महासंघले मुलुकको समग्र व्यावसायिक वातावरण सुधारका लागि सरकारले पहल गर्ने आश्वासन मुख्यसचिवबाट पाएको जनाएको हो।  

भेटका क्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्यसचिव डा. अर्याललाई बधार्इ दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल थाल्न आग्रह गरे। उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउँदै यसको संसोधनका लागि पहल गर्न आग्रह गरे।

महासंघले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिएका थिए। यस विषयमा मुख्य सचिव अर्यालले गृह मन्त्रालयसँग समन्वय गर्ने जवाफ दिएको महासंघको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्