खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको प्रतिबादी लक्ष्मी महर्जन र टंक कुमार गुरुङलाई भने धरौटीमा छाड्ने आदेश दिएको छ।
काठमाडौं, असार १ : जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको प्रतिबादी लक्ष्मी महर्जन र टंक कुमार गुरुङलाई भने धरौटीमा छाड्ने आदेश दिएको छ। इजलासले मर्हजनलाई पाँच लाख र गुरुङलाई दश लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जनाइएको छ।
थुनछेक वहश सकिएपछि इजलासले उक्त आदेश दिएको हो । सरकारी वकीलले जवाफी वहशमा प्रमाण नष्ट हुन सक्ने भएकाले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग राखेका थिए।
उनीहरूलाई थुनामा राख्न कारागार चलान गरिनेछ।
प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











