Kathmandu Press

बागमतीमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबर बजेट

बागमतीमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबर बजेट

हेटौंडा, असार १ : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको तुलनामा करिब ८ अर्ब घटाएर बागमतीको बजेट आएको छ। 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशसभाको बैठकमा बजेट प्रश्तुत गरेका छन्। कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ छ। यस्तै, चालुतर्फ ४२ दशमलव ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव ६२ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको छ।

स्रोततर्फ कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख र अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणमार्फत १७ अर्ब ८१ करोड २३ लाख, प्रदेश सञ्चित कोष र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने भनिएको छ। चालु आवमा प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। आवमा समानीकरण अनुदानवापत् प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड रुपौयाँ विनियोजन गरिएको छ।

किसानलाई कृषक परिचयपत्र प्रदान गर्ने कार्यक्रम समेत बजेटमा छ। कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रमा विपद्का कारण भएको क्षति न्यूनीकरण गर्न आवश्यक रकम विनियोजन गरिएको छ। यस्तै रैथाने जातका कृषि बाली उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत बजेटमार्फत ल्याइएको छ। 
 

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्