नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ
उनले सर्वोच्च अदालतमा आजै पदभार ग्रहण गर्ने जनाइएको छ।
काठमाडौं, असार १ : नवनियुक्त प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा उनले शपथ लिएका हुन्। उनी आजै प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् ।
संसदीय सुनुवाइ समितिले पनि आजै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो।
कार्की आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा थिए। आगामी साउन २० गते उमेर हदका कारण उनी सेवा निवृत्त हुँदैछन्।
उनले सर्वोच्च अदालतमा आजै पदभार ग्रहण गर्ने जनाइएको छ।
प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











