सुदूरपश्चिममा २९ अर्ब २६ करोड ५९ लाखको बजेट
आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेश सभा वैठकमा उक्त बजेट प्रश्तुत गरेका हुन्। चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
धनगढी, असार १ : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेश सभा वैठकमा उक्त बजेट प्रश्तुत गरेका हुन्। चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो। चालु आर्थिक वर्ष ०७९÷८० को भन्दा २०८०÷८१ को बजेट ७ अर्ब ४८ करोड पाँच लाख ६५ हजार रुपैयाँ कमी छ।
प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार