Kathmandu Press

गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोेड ७२ लाखको बजेट 

कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट छुट्याइएको छ।
गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोेड ७२ लाखको बजेट 

पोखरा, असार १ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट प्रश्तुत गरेको छ। गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेले प्रदेश सभा बजेट प्रस्तुत गरेका छन्। गण्डकी सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएकोे हो। 

कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट छुट्याइएको छ। गण्डकी सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएकोे हो।

अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान गरिएको छ। आगामी वर्ष १ दशमलव ५ प्रतिशत प्रदेश सञ्चिती कोषमाथि व्ययभार पर्ने अनुमान गरिएको छ। 

यसरी कम हुन आउने बजेट आन्तरिक ऋणबाट पूर्ती हुने व्यवस्था मिलाएको छ। अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान गरिएको छ। आगामी वर्ष १ दशमलव ५ प्रतिशत प्रदेश सञ्चिती कोषमाथि व्ययभार पर्ने अनुमान छ। आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५ करोेडकोे अनुमान गरिएको छ। 

यस्तै रोयल्टी बाँडफाँडबाट ४० करोड, ससर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान छ। प्रदेशको आन्तरिक स्रोतबाट राजश्वबापत ५ अर्ब १६ करोड ९१ लाख संकलन हुने अनुमान गरिएको छ। साथै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट ३ अर्ब नगद मौज्दात रहने अनुमान बजेटमा छ। बजेटमा नगद अनुदानका कार्यक्रम कटौती गर्दै उत्पादनमा आधारित बनाइएको छ। 

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्