Kathmandu Press

कर्णालीमा ३३ अर्ब ३७ करोडकाे बजेट, चालुतर्फ २६.९७ र पुँजीगततर्फ ५८.६५ प्रतिशत

बजेटको स्रोततर्फ आन्तरिक रावश्यबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ। चालु आवकाे ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान गरिएकाे छ।
कर्णालीमा ३३ अर्ब ३७ करोडकाे बजेट, चालुतर्फ २६.९७ र पुँजीगततर्फ ५८.६५ प्रतिशत

सुर्खेत, असार १ : कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री  वेदराज सिंहले प्रदेशसभाको आज (शुक्रबार) बसेको बैठकमा बजेट वक्तव्य पेस गरेका हुन्।

चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४र३८ प्रशितत विनियोजन गरिएको छ।

बजेटको स्रोततर्फ आन्तरिक रावश्यबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ। चालु आवकाे ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान गरिएकाे छ।

संघीय सरकारबाट राजस्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तीय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र ससर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने बजेटमा उल्लेख छ।

समपूरक अनुदान ७६ करोड १६ लाख र विशेष अनुदान ५९ करोड ७९ लाख प्राप्त भएको छ भने वैदेशिक सहायतबाट १ करोड ८६ लाख ९० हजार प्राप्त हुने आर्थिक मामिलामन्त्री सिंहले बताएका छन्।

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्