Kathmandu Press

सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा 

परिषद्ले आफूहरुको माग सम्बोधनका लागि आइतबारदेखि विद्यालय बन्दसहितको आन्दोलनको घोषणा गरेको हो।  
सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा 

काठमाडौँ, असार १ : नेपाल विद्यालय कर्मचारी परिषद्ले बजेटमा आफ्ना माग संवोधन नभएको बताउँदे अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ।

परिषद्ले आफूहरुको माग सम्बोधनका लागि आइतबारदेखि विद्यालय बन्दसहितको आन्दोलनको घोषणा गरेको हो।  

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा, सुविधा, स्थायित्व लगायतको माग बजेटमा संंवोधन नभएको बताउँदै दबाबका लागि आन्देलन गर्नुपरेको भनाई परिषदको छ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने भनिएको थियो। बजेटमा उक्त बिषय नसमेटिएकोप्रति परिषद्को आपत्ति छ। 

गत जेठ १७ को पत्रकार सम्मेलनमार्फत ध्यानाकर्षण गरिए पनि सरकार गम्भिर नभएको परिषदले जनाएको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गर्न लागिएको जनाइएको छ। 
school1686915399.gif

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्