जनजातिलाई फुटाएर देशलाई कुनै हित हुँदैन : प्रधानमन्त्री
भूमे पर्वका अवसरमा नेपाल मगर संघले शुक्रबार काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन भन्नेमा आफु स्पष्ट रहेको र सरकारको यस्तो कुनै नियत नभएको बताएका हुन्।
काठमाडाैं, असार १ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनजातिलाई फुटाएर देशलाई कुनै हित हुँदैन भन्नेमा आफु स्पष्ट रहेको बताएका छन्।
भूमे पर्वका अवसरमा नेपाल मगर संघले शुक्रबार काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन भन्नेमा आफु स्पष्ट रहेको र सरकारको यस्तो कुनै नियत नभएको बताएका हुन्।
उनले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने क्रममा मगरलगायत जातजातिलाई फुटाउने वा टुक्राउने काम भएको गुनासो आएपछि यसलाइ सच्याउन आफुले आवश्यक निर्देशन दिइसकेको जानकारी दिए। जनजातिलगायतको बलिदानीबाटै मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि समुदायको अहित हुने गरि सरकारले काम नगर्ने जिकिर गरे।
उहाले नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्नुहुँदै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए।
त्यस्तै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले प्रकृतिको न्यायका लागि पूजा मात्रै नभई प्रकृति संरक्षणका लागि लाग्नुपर्ने बताइन्। उहाले आफ्नो स्वार्थका लागि गरिने कामले प्रकृतिलाई नोक्सान हुने गरेको भन्दै यसप्रति सजक हुनुपर्नेमा जोड दिइन्।
प्रकृतिको पुजा गरेर मनाइने मगर समुदायको भुमे/भूम्या पर्व असार ३ गते सम्म खुल्ला मञ्च काठमाडौमा मनाइने मगर संघले जनाएको छ। प्राकृतिक विपत्ति नआओस भूतप्रेत, ग्रहदशा जाउन्न बालीनालीमा किरा नलागोस भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे÷भूम्या पर्व मनाउने प्रचलन छ।











