Kathmandu Press

कार्की प्रधानन्यायाधीश नियुक्त 

शुक्रबार कार्कीको संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पुगेपछि कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरिएकाे हो।
कार्की प्रधानन्यायाधीश नियुक्त 

काठमाडौं, असार १ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेका छन्। 

शुक्रबार कार्कीको संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पुगेपछि कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरिएकाे हो।

कार्कीको साँझ सवा पाँच बजे राष्ट्रपति कार्यालयमा शपथ तय भएको छ। शपथपछि आजै प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हाल्ने तयारी छ। 
 
प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्