Kathmandu Press

बजेटमा प्रतिपक्षीको मात्रै नभई सत्तापक्षकै सांसद असहमत : लिङ्देन

शुक्रबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उनले बजेटका विषयमा केही सत्ता पक्ष सांसदहरुको प्रतिपक्षीको भन्दा पनि बढि रुवाबासी देखिएको र बजेटमा पहुँज पुग्ने सत्तापक्षहरुले खुसी मनाएको बताए।
बजेटमा प्रतिपक्षीको मात्रै नभई सत्तापक्षकै सांसद असहमत : लिङ्देन

काठमाडाैं, असार १ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षीको मात्रै नभइ सत्तापक्षका केही सांसदहरुको समेत असहमति रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उनले बजेटका विषयमा केही सत्ता पक्ष सांसदहरुको प्रतिपक्षीको भन्दा पनि बढि रुवाबासी देखिएको र बजेटमा पहुँज पुग्ने सत्तापक्षहरुले खुसी मनाएको बताए।

उनले बजेट बनाउँदा देखिएको प्रवृतिले अहिलेको व्यवस्थालाई नै कमजोर बनाउने धारणा राखे। उनले केन्द्रबाट बाटोको लागि छुट्याइएको रकम एकलाख दुई भए पनि हुने प्रवृति देखिएको भन्दै उनले यस्तो कनिका छर्ने बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो? भन्दै प्रश्न गरे।

लिङ्देनले अहिलेको प्रवृतिलाई सुधार गर्ने कुनै संकेत नदेखिएको र कुनै आवरणले ढाकछोप गरेर नहुने उल्लेख गरे।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले अन्य प्रदेशले संकलन गर्ने राजस्व भन्दा बढी बजेट पाएको तर मधेशले उठाएको राजस्वको २० प्रतिशत बजेट पनि नपाएको गुनासो गरे।

उनले बजेटले सप्तरीलाई उपेक्षा गरेको समेत गुनासो गरे। राउतले समग्रमा बजेट विनियोजनलाई हेर्दा समग्र व्यवस्थामाथि नै प्रहार भएको जस्तो लागेको टिप्पणी गरे।

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्