विमानस्थलको तारबार भत्काएको विषयमा बालेनलाई उड्डयन प्राधिकरणले साेध्याे स्पष्टीकरण
प्राधिकरणका उपप्रबन्धक प्रकाशचन्द्र शर्माद्वारा हस्ताक्षरित पत्रमा प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सिङ तारबार काट्न लाग्दा प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरे अटेर गरिएको उल्लेख छ।
काठमाडौं, असार १ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल क्षेत्रको तारबार भत्काएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई स्पष्टीकरण सोधेको छ।
प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार बालेनको निर्देशनमा भत्काइएपछि आज (शुक्रबार) ७ दिने लिखित स्पष्टीकरण सोधेको हो।
प्राधिकरणका उपप्रबन्धक प्रकाशचन्द्र शर्माद्वारा हस्ताक्षरित पत्रमा प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सिङ तारबार काट्न लाग्दा प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरे अटेर गरिएको उल्लेख छ।
‘प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सिङ तारबार काट्न लाग्दा प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको थियो । तर, सो कुरालाई अटेर गरी जवर्जस्ती कानून विपरितको कार्य गरे गराएको र सो सम्बन्धि पत्र माग गरेको थियो,' पत्रमा उल्लेख छ।
पत्रमा भनिएकाे छ, 'नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५९१०बमोजिम सजाय किन नगर्ने हो रु यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नू।’