प्रधानन्यायाधीश कार्कीको शपथ र पदभार ग्रहण आजै
संसदीय सुनुवाइ समितिले कार्कीको नाम अनुमोदन गरेपछि उनकाे शपथ आजै गराउन लागिएको हो।
काठमाडौं, असार १ : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको शपथ आज (शुक्रबार) साँझ सवा ५ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ।प्रधानन्यायाधिश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउँनेछन्।
संसदीय सुनुवाइ समितिले कार्कीको नाम अनुमोदन गरेपछि उनकाे शपथ आजै गराउन लागिएको हो। शपथलगत्तै प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने जनाइएको छ।
कार्कीले बिहीबार संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेस गरेका थिए। कार्कीसँग आजै समितिले प्रश्नाेत्तर गरेको थियो।
कार्की आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा थिए। आगामी साउन २० गते उमेर हदका कारण उनी सेवा निवृत्त हुँदैछन्।
प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











