Kathmandu Press

शरणार्थी प्रकरणमा सबै प्रतिवादीलाई थुनामा राख्न सरकारी वकिलको माग 

सरकारी वकिलसँगै जाहेरवालाका कानून व्यवसायीहरुले पनि प्रतिबादीलाई तारेखमा राख्दा पीडित असुरक्षित र तथ्य प्रमाण लोप हुने सम्भावना रहेको बताउँदै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन्।
शरणार्थी प्रकरणमा सबै प्रतिवादीलाई थुनामा राख्न सरकारी वकिलको माग 

काठमाडौं, असार १ : नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै आरोपीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न सरकारी वकिलहरुले माग गरेका छन्। 

सरकारी वकिलसँगै जाहेरवालाका कानून व्यवसायीहरुले पनि प्रतिबादीलाई तारेखमा राख्दा पीडित असुरक्षित र तथ्य प्रमाण लोप हुने सम्भावना रहेको बताउँदै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन्।

जवाफी वहशकाक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले अभियुक्त रहेका टोपबहादुर रायमाझी आफू पक्राउ पर्ने भएपछि मोबाइल नै फालेका कारण कयाैं प्रमाण नष्ट भएको र बालकृष्ण खाँणले सचिवले पठाएको कागज च्यातेर प्रमाण नष्ट गर्न खोजेको दृष्टान्त इजलासले दिएका थिए। 

सहन्यायाधिवक्ता समेत रहेका न्यौपानेले शरणार्थी प्रकरण राज्यलाई नै असफल बनाउने घटना रहेको पनि बताए।

‘यो अपराधलाई सामान्य ठगी वा लेनदेनको मुद्दा सम्झिन मिल्दैन। आरोपितहरु थुनिनुपर्ने अवस्था छ,’ न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनले भने। जाहेरवालाका कानुनव्यवसायी रहेका बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि राज्यको आवरणमा हुने आतंक रोक्न पनि आरोपितहरुलाई थुनामा राख्नुपर्ने जिकिर गरे। 

जवाफी वहशकाक्रममा सरकारी वकिलहरु निर्मला मरासिनी, महेश खत्री, लक्ष्मण घिमिरे लगायतले पनि अभियोगलाई पुष्टी गर्नका लागि अहिले भेटिएको प्रमाण नै पर्याप्त रहेको बताउँदै आरोपितहरुलाई थुनामा राख्नुपर्ने माग गरे। शुक्रवार नै इजलासले थुनछेकसम्वन्धी आदेश सुनाउने तयारीमा छ।
 
प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्