Kathmandu Press

बारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै कानुन व्यवसायीले बुझाए ज्ञापनपत्र

उनीहरुले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायापालिका र सक्षम बारको अवधारणा नै संकटमा पुगेको जनाएका छन्।
बारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै कानुन व्यवसायीले बुझाए ज्ञापनपत्र

काठमाडाैं, असार १ : नेपाल बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै विभिन्न कानुन व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन्।

शुक्रबार बार परिसर रामशाहपथमा पुगेर उनीहरुले बार एसोसिएसन प्रवेशमा राजनीतिक दलको सिफारिस लिनुपर्ने अवस्था आएकाले त्यसलाई अन्त्य गर्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने भन्दै बार नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायापालिका र सक्षम बारको अवधारणा नै संकटमा पुगेको जनाएका छन्।

बारको सदस्यता प्रदान गर्दा राजनीतिक आस्थाका आधारमा विभेद नगरि दिनुपर्ने परिपाटी स्थापित गर्नुपर्ने र न्यायलयको पहरेदारीको रुपमा रहेका बारलाई राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्ने अधिवक्ता यज्ञमणि न्यौपाने बताए। उनले राजनीतिक हस्तक्षेप हाबी भएकै कारण सर्वोच्च लामो समय कामूका भरमा चल्न बाध्य भएको जिकिर गरे।

कानुन व्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले स्वतन्त्र न्यायपालिकाको पहरेदार गर्दै आफ्नो धर्मलाइ सदैव पालना गरेको बताए। उनले बारमा निर्वाचित हुँदै गर्दा राजनीतिक आस्थाको टोपी गेटमा नै फुकाल्ने प्रतिवद्धताका साथ आएको भन्दै बारमा राजनीतिक हस्पक्षेप हावी हुन नदिने धारणा राखे।

अध्यक्ष घिमिरेले कानुनी प्रक्रिया पुरा गरेर बारमा सदस्यता दिन चाहनेलाई सहजीकरण गर्न बार तयार रहेको भन्दै राजनीतिक आस्थाका आधारमा सदस्यता दिन्छु वा दिन्न भन्ने अधिकार कसैलाई नरहेको स्पष्ट पारे।

उहाले देशका सवै बारमा सदस्यता प्रदान गर्ने मापदण्ड र प्रक्रियाका बारेमा आएका सुझाव सकारात्मक रहेको भन्दै छिटै बारको बैठक बोलाएर आवश्यक निर्णय गर्ने उल्लेख गरे। 

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्