Kathmandu Press

लोकसेवाको काम कारबाहीलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवकाे आग्रह

उनले जनतालाई सहज र सुलभ रुपमा सेवा दिनका लागि ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए।
लोकसेवाको काम कारबाहीलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवकाे आग्रह

काठमाडौं, असार १ :  उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगको काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।

आयोगको ७३ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको भन्दै थप प्रभावकारीका साथ काम कारवाहीलाई अघि बढाउन आग्रह गरेका हुन्।

उनले जनतालाई सहज र सुलभरुपमा सेवा दिनका लागि ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए। आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशा र भरोषाका रुपमा काम गर्न सक्नुपर्ने उनले बताए।

उपराष्ट्रपति यादवले गलत भर्ना र छनौटका कारण प्रशासनिक क्षेत्रभित्र खरावी प्रवेश गर्न सक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहन गर्न परीक्षणका बिधिलाई समयसापेक्ष परिमार्जन गदै लैजानुपर्ने धारणा राखे।

कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन प्रणालीगत विकास गरिएको जानकारी दिए। 

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्