संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो। त्यसपछि समितिले उनकोृ नाम अनुमोदन गरेको थियो
काठमाडौं, असार १ : प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ। शुक्रबारको सुनुवाइ समितिको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।
संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो। त्यसपछि समितिले उनकोृ नाम अनुमोदन गरेको थियो
८ महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेका उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन्।
अब कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।
प्रकाशित मिति: ११:०३ बजे, शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार