प्रधानन्यायाधीश प्रस्तावित कार्कीसँग आज संसदीय सुनुवाइ समितिमा प्रश्नोत्तर
कार्कीले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले लागू गरेको गोला प्रथापछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए।
काठमाडौं, असार १ : प्रधानन्यायाधीश प्रस्तावित हरिकृष्ण कार्कीमाथि आज संसदीय सुनुवाइ समितिमा प्रश्नोत्तर हुनेछ।
प्रश्नोत्तरका लागि बिहान ८ बजे समितिको बैठक बोलाइएको छ। सुनुवाइका क्रममा कार्कीले हिजो आफ्नो कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।
कार्कीले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले लागू गरेको गोला प्रथापछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए।
आज उनीविरूद्ध दर्ता भएको २९ वटा उजुरीबारे १५ जना सदस्यहरूले प्रश्न गर्नेछन्। वैशाख २५ गते प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाई समिति नै गठन नभएको कारण उनको सुनुवाई ढिला भएको हो।
समितिले कार्कीको नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ। कार्की हाल कायममुकायम प्रधानन्यायाधीश छन्। उनी साउन १९ देखि अवकाशमा जाँदैछन्।