महानगरले आजदेखि रिङरोडभित्रका टिकट काउन्टरका बोर्ड हटाउने
महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गरिने पनि बताएका छन् । त्यसका लागि कार्यदल गठन गरिएको छ ।
काठमाडौं, असार १ : काठमाडौं महानगरपालिकाले महानगरभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले असार १ गतेदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने निर्णय गरेको थियो ।
महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गरिने पनि बताएका छन् । त्यसका लागि कार्यदल गठन गरिएको छ ।
उनका अनुसार यात्रुहरू बीचमा कहाँ कसरी चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने छ ।
महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार