महानगरभित्र भारतीय फिल्म चल्न दिने बालेनको घोषणा
‘आदिपुरुष’ भएको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दमा आपत्ति जनाउँदै मेयर बालेनले सामाजिक सञ्जालमार्फत त्यो नसच्चिएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्।
काठमाडाैं, जेठ ३२ : चर्चित अभिनेता प्रभाव अभिनित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश विवादास्पद शब्दलाई लिएर काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन्।
‘आदिपुरुष’ भएको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दमा आपत्ति जनाउँदै मेयर बालेनले सामाजिक सञ्जालमार्फत त्यो नसच्चिएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्। बालेनले नेपालमा मात्र नभएर भारत पनि त्यो शब्द सच्च्याउन माग गरेका छन्।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस,’ बालेनले समाजिक सञ्जालमा लेखेका छन्।
आदिपुरुष भोलिबाट विश्वभर प्रदर्शन हुँदै छ।












