Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार २ बजेभित्र बहस सक्न ‘रुलिङ’

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई ‘रुलिङ’ गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार २ बजेभित्र बहस सक्न ‘रुलिङ’

काठमाडौं, जेठ ३२ : नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको १० दिन लामो थुनछेक बहस बिहीबार सकिएको छ।

गत जेठ २१ गतेबाट निरन्तर थुनछेक बहस सुरु भएको  थियो । काठमाडौं जिल्ला अदालतले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेसहित चार जनाले प्रतिवादीतर्फका वकिलले उठाएका प्रश्नहरुमाथि केन्द्रित रहेर जवाफी बहस सकेपछि आदेश आउने छ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई ‘रुलिङ’ गरेको छ।

शुक्रबाार बहस सकिए अभियुक्तलाई धरौटीमा छाड्ने, साधारण तारेख तोक्ने या थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने बिषयको टुंगो लाग्ने छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत जेठ १० गते अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

शरणार्थी प्रकरणमा सरकारी वकील कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरीले १८ जना आरोपीलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो । फरार १२ जनालाई पक्राउ पुर्जि जारी गर्न माग गरिएको छ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा लगायतविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन अनुरुप सरकारी वकील कार्यालयले कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको हो।

 

 

प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्