Kathmandu Press

नक्कली प्रोफाइल बनाएर नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा एक किशाेर पक्राउ

पक्राउ पर्नेमा कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ।
नक्कली प्रोफाइल बनाएर नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा एक किशाेर पक्राउ

काठमाडौं, जेठ ३२ : सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर एक नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ।

नाबालिकाको नाम र तस्बिर राखी नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्बिर भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाएर समाजमा बदनाम गरी चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट साे कार्यमा ती किशोरको संलग्नता खुल्न आएपछि कञ्चनपुरबाट उनलाई पक्राउ गरिएको   प्रहरीकाे भनाइ छ। 

उनलाई पक्रन नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वय गरेकाे थियाे।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपेर प्रहरीबाट अनुसन्धान भइरहेको जनाइएकाे छ।

प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्