पक्राउ परेका कलाकारलाई चार दिन हिरासतमा राख्न अनुमति
पक्राउ परेका कलाकारलाई जिल्ला प्रहरी परिसर काठमाडौंले म्यमद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो।
काठमाडौं, जेठ ३२ : काठमाडौं जिल्ला अदालतले ‘वान एक्स बेट’ मार्फत लाखौँ रुपैयाँ लिएको आरोपसहित पक्राउ परेका ८ जना कलाकारमाथि छानविनका लागि चार दिनको म्याद दिएको छ।
पक्राउ परेका कलाकारलाई जिल्ला प्रहरी परिसर काठमाडौंले म्यमद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो।
उनीहरुलाई चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाइने भएको छ । सट्टेवाज (जुवा) सम्वन्धी ‘वान एक्स बेट’ मा पक्राउ पर्नेमा हाँस्यलाकार तथा युट्युबरहरु छन्। अनलाइन जुवा प्रमोशनका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको तथ्य फेला परेको प्रहरी दाबी ।
पक्राउ हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे (ढेडो बूढो), भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) लाई थुनामा राख्न अदालतले अनुमति दिएको हो ।











