Kathmandu Press

विद्यालय कर्मचारीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेपाल विद्यालय कर्मचारी परिषदको अगुवाइमा केही दिनयता  विद्यालय कर्मचारीहरुको आन्दोलन भइरहेको छ।
विद्यालय कर्मचारीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं, जेठ ३२ : तलब वृद्धिलगायत विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

देशभरका विद्यालय कर्मचारी काठमाडौं केन्द्रित आन्दोलन गर्ने क्रममा बिहीबार भद्रकालीमा रिले अनशन बसेर माइतीघर मण्डला फर्किंदै गर्दा बीच सडकमै बस्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो।

सडक आवागमन अवरुद्ध गर्न खोजेको भन्दै चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई प्रहरीको सिंहदरबार वृत्तमा राखिएको जनाइएको छ।

नेपाल विद्यालय कर्मचारी परिषदको अगुवाइमा केही दिनयता  विद्यालय कर्मचारीहरुको आन्दोलन भइरहेको छ। विद्यालयका पियन, लेखापाललगायत कर्मचारीले निजामती कर्मचारीसरह सेवासुविधा आफूहरुलाई पनि दिनुपर्ने माग राख्दै आएका छन्।

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्