Kathmandu Press

संसद भवनअगाडि प्रदर्शन गर्ने अधिकारकर्मी नियन्त्रणमा

मानवअधिकार तथा शान्ति समाजको आह्वानमा बिहीबार संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो।
संसद भवनअगाडि प्रदर्शन गर्ने अधिकारकर्मी नियन्त्रणमा

काठमाडाैं, जेठ ३२ : भ्रष्ट नेतालाई कारबाही गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सवै दोषीहरुलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै संसद भवन अगाडि प्रदर्शन गर्ने केही अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मानवअधिकार तथा शान्ति समाजको आह्वानमा बिहीबार संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो।

समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस, सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही गर भन्ने आह्वानसहित प्रदर्शन गरेको थियो।

त्यस्तै चुरे ध्वस्त पार्ने सरकारी नीतिको शान्ति समाजले विरोध गरेको छ भने मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह पनि गरेको छ। प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइँदैन : मधेसमारा नीति चाहिदैँन, शिर्ष नेताहरुको सम्पत्ति छानविन खोइ?

भ्रष्टाचारी नेताको स्वर ठूलो किन? लगाएतका प्लेकार्ड प्रदर्शन गरिएको थियो। प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिह के.सी, उत्तम पुडासैनी, चन्द्रमणी बञ्जारा लगाएत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको हो। 

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्