Kathmandu Press

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सिंहदरबारमा कर्मचारीकाे आकस्मिक अनुगमन

बिहीबार केन्द्रका अनुगमन टोलीले सिंहदरबारका सबै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसँग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो।
राष्ट्रिय सतर्कता केन्द्रद्वारा सिंहदरबारमा कर्मचारीकाे आकस्मिक अनुगमन

काठमाडाैं, जेठ ३२ : कार्यालय आएर हाजिर गरेर फर्कने गरेको गुनसो आएपछि राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा आकस्मिक अनुगमन गरेको छ।

बिहीबार केन्द्रका अनुगमन टोलीले सिंहदरबारका सबै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसँग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो।

सिंहदरबारभित्र काम गर्ने कर्मचारीले बिहान कार्यालय प्रवेश गरेर हाजीर गरेर बाहिरिने र अपरान्ह पुन हाजिर गर्न मात्रै जाने गरेको गुनासो आएपछि अनुगमन गरिएको केन्द्रले जनाएको हो।

अनुगमनका क्रममा सवैको रेकर्ड राखिएको र त्यसलाई अध्ययन गरेपछि सम्बन्धीत मन्त्रालयमा लेखेर पठाइने केन्द्रका अधिकारीहरुले जनाएका छन्।

अनुगमनका क्रममा बाहिरिने कर्मचारीहरुले अस्पताल जान लागेको, खाना खान जान लागेको, चिठी पुराउन जान लागेको लगायतका विवरण टिपाएका थिए।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्