Kathmandu Press

कोसीमा आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी

दुई अध्यादेश जारी भएसँगै कोशी सरकारलाई बजेट ल्याउन बाटो खुलेको छ।
कोसीमा आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी

विराटनगर, जेठ ३२ : कोसी प्रदेश प्रमुख परशुराम खापुङले कोसी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन्।

संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज (बिहीबार) २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ।

दुई अध्यादेश जारी भएसँगै कोशी सरकारलाई बजेट ल्याउन बाटो खुलेको छ। कोसी प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेसँगै साेही दिनकाे रातिबाट संसद अन्त्य भएको छ।

kosi-pradesh1686814602.jpg

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्