Kathmandu Press

‘निष्पक्ष र छिटोछरितो न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी’

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताएका हुन्।
‘निष्पक्ष र छिटोछरितो न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी’

काठमाडाैं, जेठ ३२ : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताएका छन्।

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताएका हुन्।

उनले न्यायपालिकामा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जिकिर गरे। कार्कीले न्यायपालिकामा सदाचारयुक्त व्यवहारलाई प्रोत्साहन गर्नुका साथै बिचौलियाको गतिविधि निगरानी र नियन्त्रणका ध्यान दिइने बताए। उनले विकृति न्यूनीकरणसम्बन्धी र अटामेसनसम्बन्धी समितिको नेतृत्व गर्ने कार्यभार सम्हालेको उल्लेख गरे। उनले न्यायपालिकामा रहेर ५ हजार भन्दा बढि मुद्दाको फैसला गरेको जानकारी दिए।

समितिको बैठकमा कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने कार्यक्रम शुक्रबार बिहान ८ बजे तय गरिएको छ । कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए। 

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्