Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूले शुक्रबार सवालजवाफ गर्ने

आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूले शुक्रबार सवालजवाफ गर्ने

काठमाडौं, जेठ ३२ : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरुले शुक्रबार सवाफजवाफ गर्ने भएका छन्। आजका लागि तय भएको कार्कीसँगको सवालजवाफ शुक्रबार बिहान ८ बजेलाई सारिएको हो।

आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ।

आजको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्ना अनुभव सुनाएका थिए। कार्कीले आजको बैठकमा आफ्नो कार्ययोजनाहरु प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: १०:५५ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्