Kathmandu Press

डा. बैकुण्ठ अर्याल बने मुख्यसचिव

मुख्यसचिव शंकरदास बैरागीलाई राजीनामा गराउँदै राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्दै डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको परारष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।
डा. बैकुण्ठ अर्याल बने मुख्यसचिव

काठमाडाैं, जेठ ३२ : डा.बैकुण्ठ अर्याल मुख्यसचिव बनेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो।

मुख्यसचिव शंकरदास बैरागीलाई राजीनामा गराउँदै राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्दै डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको परारष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थिए। बिहीबारको मन्त्रिपरिषद्को बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका थिए। सचिवको रुपमा उनको यसैसाता सकिँदै थियो।

सहसचिव हुँदा उनले योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर काम गरेका थिए। अर्थशास्त्रमा नर्वेबाट विद्यावारिधि गरेका अर्यालले यसअघि वित्त आयोगमा सचिव भएर काम गर्दा नेपालको संघीय वित्तीय हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निभाएका थिए।

प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्