Kathmandu Press

शंकरदास वैरागी बने राष्ट्रिय सुरक्षा सल्लाहकार

अवकास पाउन ३ महिना मात्र बाँकी रहेका मुख्यसचिव वैरागीलाई मुख्यसचिवबाट राजीनामा गराएर सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो।
शंकरदास वैरागी बने राष्ट्रिय सुरक्षा सल्लाहकार

काठमाडौं, जेठ ३२ : शंकरदास बैरागी राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका छन्। मन्त्री परिषद्को बैठकले उनलाई बिहीबार राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको हो।

मुख्यसचिव वैरागीलाई मुख्यसचिवबाट राजीनामा गराएर सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो। उनले अवकास पाउन ३ महिना मात्र बाँकी थियो।

बैरागी पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत बनेका छन् । अन्य मुलुकमा राष्ट्रिय सुुरक्षा सल्लाहकार हुने गरे पनि नेपालमा भने पहिलो पटक नियुक्त गरिएको हो।

राष्ट्रिय सुरक्षा परिषद्‍को अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य-सचिवको जिम्मेवारीमा हुन्छन् भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैरागीले सल्लाहकारका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथसमेत लिइसकेका छन्। सरकारले बैरागीलाई मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो।

मुख्य सचिव हुनुअघि बैरागी परराष्ट्र सचिव थिए। त्यसअघि उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिसमेत थिए।

 

प्रकाशित मिति: ११:०२ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्