प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सुनवाइ समितिमा प्रष्टीकरण लिइने
आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन कार्कीलाई सन्देश पठाइएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।
काठमाडौं, जेठ ३२ : संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज प्रष्टीकरण लिने भएको छ ।
आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन कार्कीलाई सन्देश पठाइएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।
लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।
प्रकाशित मिति: ०७:५५ बजे, बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार