Kathmandu Press

समामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेट

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको थियो।
समामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेट

काठमाडाैं, जेठ ३१ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको थियो।
    
भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवलाई विशेष महत्त्वका साथ जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले दक्षिण कोरियामा ८५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको भन्दै कोरियाले नेपालको आर्थिक विकासमा पु¥याएको सहयोग उल्लेखनीय रहेको बताए। उनले कोरियाली कम्पनी सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रहसमेत गरे।
    
बौद्ध जन्मस्थल लुम्बिनीमा कोरियाबाट उल्लेख्य पर्यटक आइरहेको भन्दै उनले आगामी दिनमा पर्यटन आवागमन वृद्धि हुने विश्वास व्यक्त गरे।

सभामुख घिमिरेले राजदूत तइयोङलाई सिधा हजाई उडानतर्फ समेत ध्यानार्कषण गराए । ‘नेपाल–कोरिया सिधा हवाई उडानका लागि कोरिया सरकारले तदारुकता देखाउने विश्वास गरेका छौं,’ उनले भने।
    
राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू ‘शिष्ट, मेहनती र अनुशासित’ रहेको टिप्पणीसमेत गरे। उनले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताएका थिए।

 

प्रकाशित मिति: २०:५३ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्