जनगणना २०७८ को जाति, भाषा र धर्म सम्बन्धी गलत तथ्यांक सच्याउन माग
विभिन्न जातीय संगठनहरूले बुधबार बालुवाटामा दाहाललाई भेटेर ज्ञापनपत्रसमेत बुझाउँदै गलत तथ्यांक सच्याउन माग गरेका हुन्।
काठमाडौं, जेठ ३१ : नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्म सम्बन्धी गलत तथ्यांक सच्याउन माग गरेका छन्।
विभिन्न जातीय संगठनहरूले बुधबार बालुवाटामा दाहाललाई भेटेर ज्ञापनपत्रसमेत बुझाउँदै गलत तथ्यांक सच्याउन माग गरेका हुन्।
तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा, धर्मको महलमा जातिहरूलाई फुटाएको उनीहरूले बताएका छन्। कानुनी व्यवस्थाअनुसार तथ्यांक सच्याउन र जातिभित्रका थरहरूलाई जातिका रुपमा नछुट्टयाउन उनीहरूले आग्रह गरे।
प्रधानमन्त्री दाहालले कानुनी व्यवस्थाअनुसार अगाडि बढ्ने र उक्त तथ्यांक सच्याउने प्रतिबद्धता व्यक्त गरेकाे जनाइएकाे छ।
जनगणनामा गुरुङ जातिबाट घले, मगर जातिबाट पुन छुट्टाएको छ भने राई जातिलाई धेरै टुक्रामा विभाजन गरेको छ।











