Kathmandu Press

संसद भवनअगाडिबाट नेविसंघका १२ विद्यार्थी नेता पक्राउ

उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐनलगायतका ऐन पारित गर्न माग गर्दै बुधबार प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
संसद भवनअगाडिबाट नेविसंघका १२ विद्यार्थी नेता पक्राउ

काठमाडौं, जेठ ३१ : संसद भवनअगाडिबाट नेविसंघका १२ विद्यार्थी नेता पक्राउ परेका छन्।

उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐनलगायतका ऐन पारित गर्न माग गर्दै बुधबार प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका विद्यार्थी नेताहरु काठमाडौं उपत्यकाका विभिन्‍न कम्‍याम्सका नेविसंघमा आवद्ध विद्यार्थी रहेको जनाइएको छ।

पक्राउ परेका गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगनराज गजुरेल, सुदीप शाह, मन्दीप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्कीलगायतलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ।

उनीहरुले शिक्षा ऐन जारी गर, शिक्षा परिवर्तनको बाटो खोज लगाएतका नाराबाजी गरेका थिए। शिक्षा क्षेत्रसंग सम्बन्धित कानून समयमा नै नबनाउँदा शिक्षाका लागि आवश्यक नीतिगत निर्णय नभएर शिक्षा क्षेत्र पछाडि परेको उनीहरुको भनाइ छ। उनीहरुले शिक्षा सम्बन्धी ऐन अघि बढाउने विषयमा सरकार मौन बसे आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्