Kathmandu Press

यस्ताे छ  कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको एमाले नेतृत्वको सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै अध्यादेशबाट बजेट ल्याउने योजना बनाएको जनाइएको छ। 
यस्ताे छ  कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

विराटनगर, जेठ ३१ : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

कोसीमा एमाले र राप्रपा गठबन्धनको सरकार छ। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको एमाले नेतृत्वको सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै अध्यादेशबाट बजेट ल्याउने योजना बनाएको जनाइएको छ। 

नीति तथा कार्यक्रममा कृषिमार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने , विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने उल्लेख छ।

त्यसैगरी प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझावलाई कार्यान्वयन गरिने, स्थानीय तहका स्वीकृत रिक्त दरबन्दीमा कर्मचारी पदपूर्ति प्रणालीलाई छिटो, छरितो, गुणस्तरीय बनाउन कानूनी र संरचनागत सुधार गर्दे लैजाने नीत पनि कोशी सरकारले लिएको छ।

प्रदेश सरकारको कार्यसञ्चालन गर्न प्रदेशको राजधानी भित्र प्राप्त हुने जग्गामा भौतिक संरचना निर्माणका लागि गुरुयोजना तयार गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ। मोरङको विराटनगर महानगरपालिकास्थित बैजनाथपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदानका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्