Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ भाेलि बिहान ८ बजे

संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तासँगकाे छलफलपछि सुनुवाइ भोलि (बिहीबार) बिहान ८ बजेका लागि कार्कीलाई बोलाउने निर्णय गरेको हो।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ भाेलि बिहान ८ बजे

काठमाडौं, जेठ ३१ : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइका लागि बिहीबार बोलाइएको छ।

संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तासँगकाे छलफलपछि सुनुवाइ भोलि (बिहीबार) बिहान ८ बजेका लागि कार्कीलाई बोलाउने निर्णय गरेको हो।

उजुरीकर्ताहरुसँग करिब २० मिनेटसम्म बसे पनि उजुरीका विषयमा छलफल हुन नसकेपछि समितिले समय सकिएको बताएकाे थियाे।

सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो। 

गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

हाल कार्की कामु प्रधानन्यायाधीश छन्। प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ।

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्