Kathmandu Press

पूर्वी भूभाग हुँदै नेपाल भित्रियाे मनसुन

यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरी नेपालमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वी भूभाग हुँदै नेपाल भित्रियाे मनसुन

काठमाडौं, जेठ ३१ : यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ।

आज नेपालको कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, वाग्मती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुनको भित्रिएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो।

यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरी नेपालमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको अन्य भूभागमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ।

यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिए पनि गत वर्ष औसतमै वर्षा भएको थियो।

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्